१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन जनकपुरधाम फर्किए

0

धनुषा \ १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन आज जनकपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछीलगायत जनकपुरधामको विभिन्न ठाउँमा बास बस्ने गर्छन् ।

फागुने औंशीको दिन गएको फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका ८ कचुरी मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम पुगेर अन्य मठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत शुरु भएको थियो । फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फर्किेरहेका परिक्रमा यात्री भोलि सोमवार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित एक सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ ।

Leave A Reply

Your email address will not be published.