तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

0

काठमाडौँ \ सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा. पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यसै गरी नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण श्री मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गरिने भएको छ। यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने  निर्णय गरिएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौँको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरू समर्पण हुनेछन् ।
वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा  बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको  वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
Leave A Reply

Your email address will not be published.