‘दिल खोलेर भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिनूस्’

0

एमाले अध्यक्ष केपी ओलीले दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्नो दलका सांसदहरूलाई निर्देशन दिएका छन् । विगतको अनुचित गठबन्धन फालेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित गठबन्धन बनाउन पहलकदमी लिएकाले मनमा कुनै शंका नराख्न उनको भनाइ थियो ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले देश अप्ठ्यारोमा पर्‍याे भन्ने ठानेर प्रधानमन्त्रीले वर्तमान गठबन्धनको पहल गर्नुभएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

‘विगतमा प्रधानमन्त्रीले ठुल्ठूला गल्ती गर्नुभएको होला । तर, यसपटक अनुचित छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभएको छ । नयाँ देशभक्त प्रगतिशील समाजवादउन्मुख जनमुखी नयाँ समीकरण निर्माण गर्ने प्रधानमन्त्रीको पहल स्वागतयोग्य छ,’ उनले भने ।

कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्रीको कुर्सी सुनिश्चित हुँदाहुँदै पनि प्रधानमन्त्रीले देशको पक्षमा नयाँ गठबन्धन गरेको जिकिर उनले भने । ‘कम्तीमा एक–डेढ वर्ष प्रधानमन्त्रीको कुर्सी सुनिश्चित थियो । तर, देश अप्ठ्यारोमा पर्‍याे भनेर उहाँले यो गठबन्धनको पहल गर्नुभयो । त्यसैले हामी सबैले उहाँलाई खुला हृदयले समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।’

Leave A Reply

Your email address will not be published.