हाम्रो संघीयता मौलिक छ, मिलेर संस्थागत गर्नुपर्छ : प्रधानमन्त्री

0

देउखुरी \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता पूर्ण कार्यान्वयन गर्न सबैको साझा सहमति आवश्यक पर्ने बताउनुभएको छ ।

शनिबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संघीयता विश्वकै नमुना भएको भन्दै यस्को विरोधभन्दा पूर्ण कार्यान्वयनको आवश्यकता रहेको औंल्याउनभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संघीयता कार्यान्वयनको सवालमा सबै परिवर्तनगामी शक्ति मिल्नुको बिकल्प छैन, ठूलो त्याग र बलिदानबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न आवश्यक छ ।”

सरकारले महत्वपूर्ण काम गरेको सभामा स्मरण गराउँदै प्रधानमन्त्रीले दाहालले प्रदेशसभालाई लुम्बिनीको महत्वसँग जोडेर लुम्बिनीको ब्रान्डिङ गर्दै पर्यटन भित्र्याउने गरी प्रदेशसभाले नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश क्रान्तिको थलो रहेको सम्मरण गराउँदै प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यले प्रदेशसभाको गाम्भीर्यतालाई महत्वका साथ लिएर जनमुखी काममा लाग्न आवश्यक रहेको औल्याउनुभयो । प्रधानमन्त्रीले प्रदेशसभाको सम्बोधनको धेरै समय संघीयताको कार्यान्वयन सवालमा प्रस्तुत हुनुभएको थियो ।

यसैविच प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.