प्रदेशको नाम परिवर्तनका लागि राजनीतिक वातावरण बनाउन कोशी सरकार र पहिचानवादी सहमत

0

माेरङ \ कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज सम्पन्न दुवै पक्षबीचको वार्तामा संविधानसम्मत प्रक्रियाबाट प्रदेशको नाम फेर्न राजनीतिक पहल गर्नेसहित पाँच बुँदे सहमति भएको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिनुभयो ।

पहिचान पक्षधरहरूले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते अगाडि दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताउनुभयो ।

प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेदेखि नै पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन् । पटक पटक विराटनगरमा प्रदर्शन गर्दै आएका पहिचान पक्षधरहरूले प्रदेशका विभिन्न जिल्लामा नेताहरूमाथि आक्रमणसमेत गर्दै आएका छन् । प्रदर्शनका क्रममा झडप हुँदा पहिचान पक्षधरका एक जना प्रदर्शनकारीको ज्यान पनि गइसकेको छ ।

Leave A Reply

Your email address will not be published.