ओलीको आरोप : सरकारले लोकतान्त्रिक प्रणाली नै मास्यो

0

काठमाडौँ \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जताततै हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली नै मासेको भन्दै यस्तो स्वेच्छाचारिताले मुलुक नचल्ने बताएका छन् ।शुक्रबार एमाले निकट बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक संस्था रेडक्रस, एनआरएनए जस्ता संस्थामा हस्तक्षेप गरेर स्वेच्छाचारिता देखाएको बताए ।

‘रेडक्रस चल्न नदिने यो कस्तो सरकार हो ? गैरआवासीय नेपालीहरूले आफ्नो संस्था बनाए त्यसमा हस्तक्षेप गर्ने ? अधिवेशनमा कार्यकर्ता लगाएर कुर्सी तोडफोड, अनेक प्रकारका हुलदङ्गा । अघिल्लो अधिवेशनमा गैह्र आवासीयको चुनावमा तीन वटा अध्यक्ष बनाउनुपर्‍यो  । कांग्रेसलाई दुईवटा अध्यक्ष अनि अर्को जित्ने’, उनले भने, यसपटक अधिवेशन भयो सत्ता पक्ष हार्‍यो रे ? हारेपछि अधिवेशन नमान्ने जित नमान्ने ? कस्तो सरकार बन्यो नेपालमा ? प्रणाली नै मासियो ।’

ओलीले काम नलाग्ने र अलोकतान्त्रिक भ्रष्टाचारी सरकार भन्दै गैरकानुनी र बेतिथिसँग चल्ने सरकारको संज्ञा दिए ।

Leave A Reply

Your email address will not be published.