सरकारले जनतामा आशा जगाउन सकेन : महासचिव पोखरेल

0

म्याग्दी \ नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताउनुभएको छ । सरकारले जनतामा आशा जगाउन नसकेका कारण लोकतन्त्र र गणतन्त्र विरोधी शक्तिहरू सलबलाउन थालेको उहाँको भनाइ छ ।

मुलुकको विकास र समृद्धिका योजनाहरू सरकारले अगाडि बढाउन नसकेका कारण जनतामा निराशा छाएको महासचिव पोखरेलले टिप्पणी गर्नुभयो ।

मुलुकका स्थापित राजनीतिक दलहरूले जनतामा अभियान सञ्चालन गरेर आशाको सञ्चार प्रवाह गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । नेकपा (एमाले) म्याग्दीको दसौँ अधिवेशनलाई शुक्रबार बेनीमा सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकारले मुलुकको आर्थिक विकास र समृद्धिको योजनालाई अघि बढाउन नसकेको उहाँको भनाइ छ ।

जनताको आशा र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘गठबन्धन सरकार असफल भइसकेको छ । जनताको आशा र अपेक्षाअनुसार काम नगरेका कारण लोकतन्त्रमाथि नै अनेक शक्तिहरूले षडयन्त्र गर्न थालेका छन् ।”

लोकतन्त्र विरोधी शक्तिहरूलाई परास्त गर्न र मुलुकको विकास र समृद्धिका लागि एमालेलाई जनतामा स्थापित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । जनतामा आशा जगाएर लोकतन्त्र र गणतन्त्रप्रति विश्वास जगाउन एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग सङ्कल्प यात्रा गरेको उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.