राष्ट्रिय सभा निर्वाचन : सकियो मतदान, नतिजा आजै

0

काठमाडौँ \ राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत बिहीबार दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.