प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्ने

0

 प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्नु हुने भएको छ । हिजाे बसेको मन्त्रिपरिषद्को निर्णय आज सिंहदरबारमा सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।

प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगान्डाकाे राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनु हुनेछ ।

त्यसअघि माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र माघ १ र २ गते हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले भूकम्पबाट प्रभावित जिल्लाहरूका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौता र कार्यक्रमसम्बन्धी दस्तवेजलाई अन्तिम रूप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय भएको छ ।

Leave A Reply

Your email address will not be published.