बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत,

0

बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा नेपाली बालिका स्तुती बस्नेत नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको मोडेल किड्स प्रतियोगितामा फाइनल राउन्डमा प्रबेश गरेकीछिन ।

बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी स्तुती एक बर्ष भन्दा बढी टप मोडेल एक्याडेमीमा तालिम लिएर सो प्रतियोगितामा भाग लिएर फाइनलमा पुग्न सफल भएकी हुन ।

टप मोडेल वेल्जियम एकेडेमीको आयोजनामा वेल्जियमको एन्त्रोपन शहर स्थित सान मार्को भिलेजमा साना साना वाल वालिकाहरुको फेसन शो प्रतियोगिता आगामी १३ जनवरीमा हुँदैछ ।

एकेडेमीले हरेक बर्ष गर्दै आएको यो प्रतियोगिता यस बर्ष २१ औ संस्करण हो । यस प्रतियोगितामा स्तुतीले किड्स गर्ल अन्तर्गत भाग लिएकी छन ।
एक्टिङ्, डान्सिङ्,फोटो सेसन ,होस्टिङ गर्न मन पराउने स्तुती बालिकाहरुको मोडेल प्रतियोगिताको फाइनलमा पुगेकी हुन ।
प्रतियोगितामा कडा प्रतिस्पर्धाबाट सेमी फाइनलमा हुँदै फाइनलमा पुग्न सफल स्तुतीलाई नेपाली समुदायको साथ र सहयोग भएमा फाइनलमा टाइटल जित्न सक्ने उनका अबिभाबकले बिश्वास लिएकाछन ।

६३४ जना प्रतियोगी रहेको उनको टिममा हाल ६० जना रहेको छ, जसमा सेमी फाइनलवाट ३५ जना र २५ जना गएको बर्ष को फाइनलिस्टबाट छनिएर आएका हुन ।

उक्त प्रैयोगिता जित्नेलाई १ बर्षको सम्म पटक पटक गरी फोटो टुर गर्न पाउने, किड्स म्यागेजिन र किड्स फेशनका लागि फोटो शुट  लगायत अन्य  बिज्ञापनहरुमा खेल्न पाउने लगायतका प्रोत्साहन पुरस्कार पनि पाउनेछन । त्यसका लागि अबिभाबक सहित मोडेलको सम्पूर्ण खर्च एकेडेमीले गर्नेछ, साथमा फोटो सेशन भत्ता समेत पाउछ र एकेडेमीले आफ्नो मातहतमा दक्ष टप मोडेल बनाउने गतिबिधिमा संलग्न गराउनेछ ।

Leave A Reply

Your email address will not be published.