नाकाबन्दी अमानवीय : पूर्वप्रम भट्टराई

0

नेपालगन्ज, २१ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकलाई बाह्य दबाबबाट मुक्त गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटका अवसरमा उहाँले राष्ट्रिय एकता बलियो बनाउँदै २०० वर्षदेखि नेपालमाथि भइआएको बाह्य हस्तक्षेप अन्त्य गर्ने समय आएको छ भन्नुभयो । अहिले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी निन्दनीय र अमानवीय भएको बताउँदै उहाँले यसको मुकाबिला सबैले मिलेर गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधान जारी भएपछि मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यका साथ आफूले एमाओवादी पार्टी परित्याग गरेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “मुलुकलाई अब नयाँ राजनीतिक शक्ति चाहिएको छ । त्यो शक्ति अब छिट्टै निर्माण हुन्छ ।”
सबैको परामर्श, सल्लाह र सहभागिताका आधारमा नयाँ शक्तिको उदय हुने उहाँको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.