एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक छ : प्रधानमन्त्री

0

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले एनसेलको वैदेशिक लगानी शेयर खरिदबिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको बताउनुभयो । उहाँले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

‘‘एनसेलको वैदेशिक लगानी शेयर खरिदबिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात सङ्कलनको कार्य गरिरहेका छौँ । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘यस प्रकरणमा कतै, कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले शुरुमै निर्देशन जारी गरेको हो, सहज र स्वाभाविक छैन भन्ने देखिएको हुनाले नै निर्देशन जारी गर्नुपरेको हो ।’’

Leave A Reply

Your email address will not be published.