हमासद्वारा तीन बन्धकको भिडियो सार्वजनिक

0

एजेन्सी \ हमासले आफनो कब्जामा रहेका तीन बन्धकले रिहाइका लागि गरेको अपीलसहितको भिडियो सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखा अलकसाम बिग्रेडले गाजापट्टीमा तीन वृद्ध इजरायली पुरुष बन्धकहरुको भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेटजर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् । तीमध्ये पेरीले रिहाइका लागि अपिल गरेको देखाइएको छ । हमासले गत अक्टोबर ७ मा करिब २४० जना बन्धक बनाएकोमा १२० जना अझै हमासको नियन्त्रणमा छन । यसैबीच अमेरिकाले इजरायललाई गाजामाथि जारी राखेको युद्धमा नागरिकको क्षति न्यनिरकरणका लागि आग्रह गरेको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले गाजामा जारी इजरायली आक्रमणमा पछिल्लो समय आमनागरिकको क्षति हुन थालेको भन्दै सर्वसाधारणको क्षतिप्रति ध्यानाकर्षण गराउनु भएको हो । इजरायलले गाजाको जललिया शरणार्थी शिविरमा गरेको हवाइ हमलामा १ सय १० जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.