उद्योग व्यवसायीको समस्या हल हुन्छः अर्थमन्त्री महत

0

हेटौँडा \  संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय उद्योग, निर्माण व्यवसायीहरुमा परेको समस्याको समाधान हुने बताउनुभएको छ । मंगलबार हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघले गरेको छलफल कार्यक्रममा बोल्दै डा. महतले व्यवसायीहरु चर्को व्याजदर, निर्माण सकेको अवस्थामा पनि व्यवसायीले भुक्तानी नपाउने जुन समस्या छ त्यसलाई निराकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।

वित्त क्षेत्रमा अनुशासन लागु हुँदै र मौद्रित नीति लागु भइसकेको अब आर्थिक वृद्धि हुनुका साथै उद्योग व्यवसाय पनि बढ्ने विश्वास दिलाउनु भएको थियो । उहाँले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र नीजि क्षेत्रसँगको सहकार्यमा  अघि बढ्ने र हेटौँटा सिमेण्ट उद्योगको हकमा भने सरकारले छिट्टै नै निचोड निकालेर अगाडी बढाईने बताउनुभयो ।

अहिले बहुवर्षिय योजनाले समस्या निस्केकोले गर्दा अनियमित ढङ्गले ठेक्का लगाउने प्रथाको अन्त्य गरिनुपर्ने अर्थमन्त्री महतले बताउनुभयो । पुरानो दायित्व बढ्दोक्रममा छ, अब जति आम्दानी अनुमान छ सोही अनुरुप बजेट बनाउने छौंः अर्थमन्त्री महतले भन्नुभयो ।

उहाँले क्रसर उद्योग तर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरिनुका साथै मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गर्नुभयो ।
छलफलकै क्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार  गुप्ता र निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले आआफ्नो क्षेत्रमा परेका विभिन्न विषय उल्लेख गरी  ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो । पत्र बुझेर अर्थमन्त्री डा.महतले निर्माण र उद्योग व्यवसायीहरुको समस्याको समाधानमा सरकार साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

छलफलमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी गण १४ नम्बरका प्रहरी उपरिक्षक अनिल बुढाथोकीलगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.