संघीय संसदको नयाँ महासचिवमा पद्म प्रसाद पाण्डे सिफारिस

0

काठमाडौं \  संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस भएका छन् ।गौतमले आइतबार राजीनामा दिएका थिए ।

उनको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेको नाम महासचिवका लागि सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका छन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.