एमालेको सङ्कल्प यात्रा बाग्मती प्रदेशमा, राति १० बजे नुवाकोटमा सभा

0

सुदूरपश्चिमबाट शुरु भएकाे एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेश आइपुगेको छ । हिजो गोरखाबाट धादिङको सल्यानटार हुँदै यात्रा नुवाकोटको बट्टार पुगेको हो ।

नुवाकोट मध्यपहाडी लोकमार्गको मध्यबिन्दु हो । एक हजार आठसय ७९ किलोमिटर लामो लोकमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको महापहाडी राजमार्ग केन्द्रित यात्रा मध्यबिन्दु पार गरी गएराति पौने १० बजे नुवाकोटको बट्टार पुगेको हो । बट्टार पुग्नेबित्तिकै एमालेले राति नै आमसभा गरेको छ । राति भएको सभामा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।

बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, धादिङ हुँदै एमालेको यात्रा नुवाकोट पुगेको हो । ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भन्ने नारासहित शुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिने छ।

Leave A Reply

Your email address will not be published.