काठमाडौं \ राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइएको छ ।
बिहीबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।