प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

0

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलवार भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो। भेटवार्तामा भएको कुराकानीबारे भने सचिवालयले केही उल्लेख गरेको छैन। मंगलवार अपराह्न सिंहदरबारमा दुवै नेताबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनमा सहभागी हुन बुधवार दुबईतर्फ जाँदै छन् भने एमाले अध्यक्ष ओली मंगलवार नै सुदूरपश्चिम जाँदै छन्।

Leave A Reply

Your email address will not be published.