नेपाल टेलिकमका उच्च अधिकृतहरुले गरे ओशो तपोवनमा ध्यान

0

काठमाडौँ –   नेपाल टेलिकमका उच्च अधिकृतहरुले  ओशो तपोवनमा ध्यान गरेका छन्।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सहित निर्देशनालयका नायव प्रबन्ध निर्देशकहरु, प्रबन्धकहरु गरी १५ जना उच्चपदस्थ अधिकृतहरुले
ध्यानको माध्यमद्वारा तनाव व्यवस्थापन विषयमा एक दिवसीय कार्यक्रमा सहभागी भएका थिए  ।

उक्त कार्यक्रममा सांगठनिक जिम्मेवारीमा  उच्च पदमा रहने व्यक्तिहरुलाई पर्ने मानसिक तनाव र त्यसले निम्त्याउने अरु समस्याहरु जस्तै शारीरिक थकान, भावनात्मक असन्तुलन, संज्ञानको क्षमतामा पर्ने प्रतिकुल असरको बारेमा योग, ध्यान तथा आधुनिक स्वास्थ्य विज्ञानले गरेका  खोजहरुको बारेमा परिचर्चा गरियो । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आजको युगमा सन्तुलित जीवनका लागि जीवनशैलीको व्यवस्थापन गर्नु नै सबैभन्दा उत्तम उपाय भएको बताए  । आजको हतारिएको मनुष्य तनाव र विशादले ग्रस्त छ र त्यसले अनेकौं मनोविकार सृजना गरेको छ भन्दै उनले  प्रत्येक दिन समग्र स्वास्थ्यका लागि उचित व्यायाम, स्वस्थ भोजन, ध्यान, राम्रो परिवेश, इमान्दारिता, आनन्दित जीवनशैलीका उपायहरु अवलम्बन गर्न सुझाव दिए ।

ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले प्रत्येक दिनका लागि व्यावहारिक योगासन, प्राणायाम र ओशोका विविध ध्यान विधिहरु सिकाए  । एनआरएनएका  निवर्तमान अध्यक्ष भवन भट्ट (स्वामी आनन्द देव) ले जस्तोसुकै अवस्थामा पनि प्रत्येक दिन शान्त र उर्जावान रहनुको विकल्प नरहेको र व्यस्त जीवनमा संसार र अध्यात्म जोड्ने ओशोको ध्यानयुक्त जीवन दर्शनले आफूमा भएको  रुपान्तरणको बारेमा बताए ।

नेपाल टेलिकमका प्रबन्धक कृष्ण प्रसाद भण्डारीले सो कार्यक्रमले नयाँ उर्जा प्रदान गरेको बताए भने प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठले कार्यक्रम प्रभावकारी भएको प्रतिकृया दिए  ।

Leave A Reply

Your email address will not be published.