आज तिहारको दोश्रो दिन : लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

0

काठमाडौं \ आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ ।पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ ।

विधान अनुसार लक्ष्मीपूजा औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ । त्यस्तै आइतबार बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गर्न लागिएको हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ । औँसीको दिन साँझमा दीपावली गर्दै ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्छ । सफा र उज्यालो स्थानमा लक्ष्मीले प्रवेश गर्ने मान्यता अनुसार घरका आँगन, कोठा तथा वरिपरि सफा गरि घरलाई फूल तथा बत्तीहरुले सिँगारिन्छ ।

साथै घरको मूल ढोकाबाट पूजा कोठासम्म लक्ष्मीको पाइला बनाएर दीपावली गर्दै दियो, कलश, गणेशको पूजा गरि गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर लक्ष्मी देवीको पूजा गरिन्छ । लक्ष्मी पूजाको दिन छोरी–चेलीहरुले समुह बनाएर भैली खेल्ने परम्परा छ । यस दिन भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ ।

Leave A Reply

Your email address will not be published.