मन्त्री लामालाई कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी

0

हेटौँडा \  बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामालाई प्रदेश सरकारको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले ४ शनिबारदेखि कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको व्यक्तिगत कारण देशबाहिर जाने तयारी रहेकाले जम्कट्टेल नफर्किञ्जेल लामालाई जिम्मेवारी प्रदान गरिएको विज्ञप्तिमा उल्लेख रहेको छ ।

Leave A Reply

Your email address will not be published.