एनआरएनए नयाँ नेतृत्व चयनका लागि मतदानको अन्तिम तयारी, टिम महेशलाई बलियो समर्थन

0

काठमाडौं । काठमाडौं जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदानको अन्तिम तयारी गरिएको छ । निर्वाचन समितिले भौतिक र अनलाइनबाट मतदानको व्यवस्था मिलाएको छ ।

प्रत्येक दुई वर्षमा हुने महाधिवेशनले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६–६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु डा.बद्री केसी र रविना थापा यसपटक पनि अध्यक्षका रुपमा मैदानमा छन् । त्यस्तै संघ स्थापनादेखि विभिन्न भूमिकामा सक्रिय रही हालका उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) पनि अध्यक्षका उम्मेदवार रहेका छन् ।

चार अध्यक्ष रहेपनि सबै महादेशमा राम्रो पकड जमाएका श्रेष्ठ २०२३–२५ का लागि नयाँ अध्यक्ष बन्ने आंकलन गरिएको छ । १०औं महाधिवेशनबाट विभाजित बनेको एनआरएनएको भावी नेतृत्वका लागि नयाँ अनुहार स्थापित गराउन पूर्वअध्यक्षहरु साथै संस्थापकहरुले आन्तरिक लबिङ गरिरहेका छन् । विश्वभरका डेलिगेट्सहरुले पनि संस्थालाई एकताबद्ध गराउन सक्ने नेतृत्वको खोजीमा रहेकाले श्रेष्ठको पक्षमा माहोल देखिएको छ ।

डा.केसी र थापा एक पटक परीक्षण भइसकेकाले शर्मा र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । श्रेष्ठले असन्तुष्ट पक्षका नेताहरुलाई भेटेर तीन महिनाभित्र संघलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएकाले पछिल्ला दिनमा उनीप्रति समर्थन जनाउनेहरुको संख्या बढेको छ । मुख्यतः टिम महेशमा एनआरएनएको अभियानमा प्रभाव जमाउन सक्ने व्यक्तिहरु पदाधिकारीमा उम्मेदवार रहेकाले श्रेष्ठलाई बल मिलेको छ ।

महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ  । ८७ देशमा संगठित एनआरएनएमा ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।

निर्वाचन समितिका अनुसार नेपाली समय बुधबार १२ बजेबाट अनलाइन भोटिङ गर्न सकिने छ र यो प्रकृया २४ घण्टासम्म चलिरहने छ। नेपालमा रजिस्टर भएर महाधिवेशन जारी रहेको सोल्टी होटल परिसरमा हुने मतदानमा सहभागि हुने डेलिगेट्सहरुले विहीबार विहान १० बजे देखि साँझ ६ बजेसम्म मतदान गर्न पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.