प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

0

म्याग्दी \  प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङको जोमसोममा आउनुभएको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड मुस्ताङ आउनुभएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई जोमसोम विमानस्थलमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेसमबहादुर जुग्जाली लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूले स्वागत गरेका छन् ।

साथै जोमसोममा नेकपा (माओवादी केन्द्र)ले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा पनि सहभागी हुने सो पार्टीले जनाएको छ । आजै प्रधानमन्त्री प्रचण्ड काठमाडाैँ फर्किनुहुनेछ ।

Leave A Reply

Your email address will not be published.