दाहाल, देउवा र कोइरालाबिच लिखित सहमति: सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं

0

काठमाडौं \  कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णय विपरित सरकार बनेपछि गठबन्धनलाई झट्का लागेको छ । शनिबार गठबन्धनको निर्णय विपरित नेता शेखर कोइराला समुहका कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनका नेताहरुलाई झट्का लागको हो ।

सत्तागठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबाहादुर आङबो मुख्यमन्त्रीको दाबेदार थिए । तर, कांग्रेसका बिद्रोही ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएपछि सत्ता गठबन्धनलाई नराम्रो झट्का लागेको हो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल , कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन धरापमा पर्ने आशंका गर्दे नेता कोइरालासँग शनिबार बिहान सहमति गरेका छन् । नेताबीच गठबन्धनलाई अझै बलियो बनाउने बिषयमा लिखित सहमति भएको हो ।

सहमतिमा सबैजना सत्ता गठबन्धनप्रति दृढ ,स्पष्ट रहेको र गठबन्धनलाई कमजोर हुन नदिने उल्लेख गर्दे हस्ताक्षर गरीएको छ ।

Leave A Reply

Your email address will not be published.