आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

0

काठमाडौं \ इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार देशभरका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

यस्तै, सरकारले मृतकका परिवारलाई जनहि १० लाख रूपैंयाका दरले राहत दिने निर्णय पनि गरेको छ । बैठकपछि संचारमन्त्री रेखा शर्माले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

शनिबा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.