राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आममाफीबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण

0

काठमाडौं \  राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले सोमबार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति पौडेलको ध्यानकर्षण गराएका हुन । योगराज रिगल ढकाललाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेता राष्ट्रपति कार्यालय पुगेका थिए ।

दिनदहाडै हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रपति कार्यालय पुगेको रास्वपाले जनाएको छ । संविधान दिवसको अवसर पारेर व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाईसमेत उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले अभियान थालेको छ ।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका रिगल भनिने योगराजलाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो ।

Leave A Reply

Your email address will not be published.