रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने राष्ट्रपति बाइडनको भनाई

0

काठमाडौं \ रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने प्रतिवद्धता जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धको सुरुवातदेखि नै युक्रेनको साथ दिँदै आएको अमेरिकाले साथ नछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

अमेरिकी संसदमा अल्पकालीन विधेयक पारित पछि गर्नुभएको सम्बोधनकाक्रममा बाइडनले अमेरिका संधै युक्रेनको साथमा रहने बताउनु भएको हो । राष्ट्रपति बाइडेनले युद्धबाट आजित बनेका युक्रेनी जनतालाई अमेरिकाको साथ सधै रहने भन्दै आश्वस्त पार्नुभएको हो ।

बजेट विवादले अमेरिका सहयोगबाट पछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो । बाइडेनले रिपब्लिकनसमक्ष युक्रेनको साथ र ससमर्थनकालागि आह्वान पनि गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.