मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

उहाँले जनवादी गणतन्त्र चीनका लागि आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि आवासीय राजदूत प्रा.डा. राम स्वार्थ रायलाई फिनल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.