संघीयता कार्यान्वयनमा समस्या छ : कार्यवाहक प्रधानमन्त्री खड्का

0

काठमाडौं \ कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले संघीयता कार्यान्वनय नभइकन जस्तोसुकै ऐन र नियम बनाएपनि धेरै परिणाम नदिने उल्लेख गर्नुभयो । उहाँले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वनयको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले संघीय कानून निमार्णलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.