राष्ट्रपतिसमक्ष ४ देशका नेपाली राजदूतको शपथ

0

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बुधवार आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल (कुवेत) र रामप्रसाद सुवेदी (स्विट्जरल्यान्ड) ले शपथ लिएका हुन् ।

शपथ समाराेहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियाे ।

Leave A Reply

Your email address will not be published.