स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृृह मन्त्रालय

0

काठमाडौं \  गृृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरुमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाही गरिने जनाएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका जिल्लाका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु माथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हिजो गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले स्वास्थ्कर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ  ।

त्यस्तै, सबै प्रकारका विरोधका कार्यक्रमहरु अन्त्य गरी आफ्नो जिम्मेवारी कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्कन स्वास्थ्यकर्मीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.