प्रधानमन्त्री दाहाल आज चीनको राजधानी बेइजिङ जाँदै

0

काठमाडौं \ चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार चिनियाँ राजधानी बेइजिङ जाँदै हुनुहुन्छ ।

न्युयोर्कबाट बनिबार बिहान चीनको हाङचउ पुग्नुभएका प्रधानमन्त्री दाहालले ह्याङचउमै शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल आइतबार बिहान ९ बजे ह्याङचउबाट बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बेइजिङ पुगेपछि अपराह्न ४ बजे नेपाल–चीन बिजनेस समिटमा सहभागी हुने कार्यक्रम रहेको छ । समिटमा चीनका उच्चस्तरीय अधिकारीहरु र नेपाली उद्योगी व्यवसायीहरु सहभागी हुनेछन् । साँझ ६ बजे बेइजिङस्थित नेपाली राजदूतावासले दिने रात्रीभोजमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच सोमबार दुई पक्षीय वार्ता हुने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.