कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनयन

0

काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गर्नुभएको छ । बिहीबार सभापति देउवाले कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम ८ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको हो ।

मनोनयनमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा हुनुभएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.