संविधान दिवसले विकास र समृद्धिको अभियानमा अघि बढ्ने प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा

0

 हेटौडा \  बागमती प्रदेशमा संविधान दिवसका अवसरमा बुधबार विशेष  समारोह सम्पन्न गरीएको छ । संविधान दिवस मुलसमारोह समितिको आयोजनामा मुख्यमन्त्री कार्यलयमा आयोजित समारोहलाई सम्बोधन गदै बागमती प्रदेशका  प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा अघि बढ्न सबैलाई प्रेरित गरेको बताउनु भयो ।

संविधानले विकासको मार्गचित्र कोरेको बताउदै उहाँले प्राप्त गरेको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै गएको बताउनु भयो । संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता युक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा बाँध्ने काम गरेको समेत प्रदेश प्रमुख शर्माले बताउनु भयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा संविधान दिवसका अवसरमा आयोजना भएक विभिन्न कार्यक्रमका विजयीहरुलाई पुरस्कार वितरण गरीएको थियो । कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले  नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपछि जननिर्वाचित प्रतिनिधिहरुले संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक आश्विन ३ गते रहेकाले यो दिनलाई भरपुर उत्साह र उमङ्गका साथ ‘संविधान दिवस’ का रुपमा मनाईरहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले मौलिक अधिकारमा रहेका विषयमा कानून निर्माण गरी कार्यान्वयनमा जान नसक्दा जनताका अपेक्षा अझै पनि पूरा हुन नसकेको बताउनु भयो । जनताका अपेक्षा पूरा गर्न, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न र आर्थिक समृद्धि हासिल गर्न स्थानीय तह र प्रादेशिक संरचनालाई संघीय सरकारले सँगसँगै अगाडि बढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो ।  कायक्रममा प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका उच्च तहका कर्मचारीहरु लगाएत हेटौडा उपमहानगरपालिका क्षेत्रका टोलविकास संस्थाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.