गौहत्याको विरोधमा राप्रपाको काठमाडौंमा विरोध प्रदर्शन

0

काठमाडौं \  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गबाट सुरुभएको विरोध प्रदर्शन शहिदगेट, वीरअस्पताल, रत्नपार्कको शान्ति बाटिका लगायतको ठाउँमा प्रदर्शन गरेको छ ।

गौहत्या बन्दगर, महङ्गी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारवाही गर, वैदेशिक रोजगारीलाई व्यवस्थित गरलगायतका नारा तथा प्लेकार्ड प्रदर्शन गर्दै सो दलले प्रदर्शन गरेको हो । प्रदर्शन कार्यक्रममा राप्रपाका शीर्ष नेतासहित संयौ कार्यकर्ताको सहभागिता थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निकालिएको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले सम्बोधन गर्नुभयो । देशमा विद्यमान बेथिति नरोकिएसम्म राप्रपाको विरोध कार्यक्रम जारी राख्ने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.