एमाले सचिवालय बैठक बस्दै

0

काठमाडौं \  नेकपा (एमाले) ले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो। सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय, च्यासलमा बस्ने छ।

एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाइका बारेमा निर्णय लिनका लागि सो बैठक बोलाइएको हो।

Leave A Reply

Your email address will not be published.