तमु धिं बेल्जियमको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा सङ्गिता तमु ,

0

तमुधिं बेल्जियमको अध्यक्ष संगीता तमुस्यो चयन हुनुभएकोछ । आईतबार भएको संस्थाको तेश्रो अधिबेशनले संगीता तमुस्योको अध्यक्षतामा उपाध्यक्षमा कमल तमु ( गजेन्द्र ) र आश बहादुर तमु, महासचिबमा सञ्जय तमु, सचिबमा सम्झना तमु , कोषाध्यक्षमा अन्जना तमु, सहकोषाध्यक्षमा सुष्मा तमु, सदस्यहरुमा ईन्द्र कुमारी तमु,सुमन तमु , तारा तमु र संगिता तमुलाई चयन गरेकोछ । अधिबेशनमा अध्यक्ष मन्डलका अध्यक्ष एबम अग्रज राम बहादुर गुरुङले नयाँ कार्यसमितिको घोषणा गर्नु भएको थियो ।

नेपाली राष्ट्रिय गान र तमु राष्ट्रिय गान गाएर सुरु भएको अधिबेशनको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, आदिबासी जनाजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्तीमगर र संस्थाका अध्यक्ष प्रबिना गुरुङले गर्नु भएको थियो ।

तमुधिं बेल्जियमको तेश्रो अधिबेशनलाई एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, आदिबासी जनाजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्तीमगर, जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, प्रबासी नेपाली एकता मंचका अध्यक्ष चन्द्र कुमारी गुरुङ (ईशा), नेपाली जन संपर्क समिति बेल्जियमका उपाध्यक्ष बिराट जोशी, नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ , नेपाली जन प्रगतिशिल मोर्चा युरोपका सल्लाहकार बिष्णु भुजेल,एनआरएनए आइसिसी सदस्य मदन दवाडी, मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरे, संयुक्त किरात समाज बेल्जियमका महासचिब दौलत साम्बा, किरात चुम्लुङ बेल्जियमका अध्यक्ष बदन योङहाङ,जनता समाजबादी पार्टी नेपालका नेता भुपाल किराती, किरात राई सोसायटी बेल्जियम का अध्यक्ष इन्दीरा चाम्लिङ, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, तमु धिंका सल्लाहकार राम बहादुर गुरुङ र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायतले शुभकामना दिनु भएको थियो ।

बक्ताहरु नेपालको पहिचान नै बिभिधतामा एकता भएको ले त्यसको आधारमा जातीय पहिचार र अधिकार लागी आवाज उठाउनु पर्ने र प्रबासमा तमु धिंले अधिकार सहितको पहिचानको लागि गरेका कामको सह्राना गर्नु भएको थियो । तमुधिं बेल्जियमकी अध्यक्ष प्रबिना गुरुङले आफ्नो कार्यकालमा भएका बिभिन्न अभियानमा सहयोग गर्ने संघ संस्था र ब्यक्तिहरु साथइ अधिबेशनमा उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा संस्थाको प्रगती प्रतिबेदन आर्थिक प्रतिबेदन सुनाइएको थियो । महाबिर पुनको राष्ट्रिय आबिस्कार केन्द्रलाई सहयोग गर्ने सहयोगी संघ संस्थालाई केन्द्रको तर्फबाट दिएको प्रमाणपत्र पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । कार्यक्रमको संचालन महासचिब कमल गुरुङले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.