राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गर्नुभएको हो ।

यसैगरी, राष्ट्रपति पौडेलले सुवेदीलाई नै संयुक्त राष्ट्रसङ्घका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा पनि नियुक्त भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गर्नुभएकोे विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ ।’’

Leave A Reply

Your email address will not be published.