कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश

0

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने परमादेश जारी गरेको छ । सर्वोच्चको पूर्ण इजलासले थापालाई पदमुक्त गरेर सबैभन्दा ठूलो दलको हिसाबले नेकपा एमालेका हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ ।

आज बिहीवार न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो ।

गएकाे साउन १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुभएका इस्राइल अन्सारीको मतसहित भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.