एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो

0

काठमाडौं \  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिनुभएको छ । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्नेछ ।

नेपालले पहिलो पटक विश्व क्रिकेट वरीयताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो ।

पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ हुनुहुन्छ ।

नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल हुनुहुन्छ । रासस

Leave A Reply

Your email address will not be published.