कम्युनिष्टहरु एक ठाउँमा आउनैपर्छ : विप्लव

0

काठमाडौं  \ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको हो ।

विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताउनुभयो । उहाँले प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताउनुभयो । उहाँले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताउनुभयो ।

महासचिव विप्लवले नेपालमा राजनितिक अन्तरविरोध फेरीएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरीकी साम्राज्यवाद विरुद्ध रहेको बताउनुभयो । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.