सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमति : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ।

मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास आफूले गरिरहेको बताउनुभयो।

आइतबार ललितपुरको भैँसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वाससमेत व्यक्त गर्नुभयो।

ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिलको कार्यालयमा बुझाएको स्मरण गर्दै उहाँले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रूपमा लिएको पनि बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले भवनले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रस्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महसुस गर्नुपर्ने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.