जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २९ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

0

काठमाडौं \  सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन्।

बैठकले कर्जा सुरक्षण चौथो संशोधन नियमहरू २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने असोज ८ देखि ९ गतेसम्म इजिप्टमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

बैठकले धितोपत्र दर्ता तथा निष्काशन सातौ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता शर्माले बताइन्। त्यस्तै बैठकले राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति स्वीकृत गर्ने, उमेर जात र नाम सच्याउने तेस्रो संशोधन नियमहरू स्वीकृति गर्ने निर्णय गरको प्रवक्ता शर्माले जानकारी दिइन्।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको एजेण्डाहरू तयार भइरहेको बताइन्। उनले सुन तस्करी लगायतका प्रकरणमा राज्यले निष्पक्ष रुपमा छानविन गरिरहेको भन्दै सुन तस्करीलाई पूर्ण रुपमा रोक्नका लागि आवश्यक नीति नियमका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएको जिकिर गरिन्।

Leave A Reply

Your email address will not be published.