कांग्रेस नेता कार्कीको निधन, कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने

0

काठमाडौं \ नेपाली कांग्रेसका नेता डा. राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको हिजो बेलुका ६६ वर्षको उमेरमा उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

धादिङको नीलकण्ठ नगरपालिकाका कार्की नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिव समेत हुनुहुन्थ्यो । कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने र बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो । कार्कीको बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.