धादिङको त्रिशुलीमा बस खस्यो

0

काठमाडौँ \ धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ ।

बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्दार गरिएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको बताए ।

नले भने, ‘८ जनाको शव फेला परेको छ । ८ जना घाइतेको उद्दार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको छ । अन्यको खोजी कार्य जारी रहेको छ ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस  दुर्घटनामा परेको  जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.