सन्दीप लामिछाने प्रकरण : पीडित तथा परिवारको जन्ममिति यकिन गर्न पुनः कागजात माग

0

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरी र उनको परिवारका सदस्यका जन्ममितिमा एकरुपता नपाइउको भन्दै जन्ममिति यकिन गर्न पुनः कागजात माग गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले जन्ममिति यकिन हुनका लागि थप कागजात माग गरेका हुन् ।

अदालतबाट बिहीबार जारी आदेशमा पीडित गौशाला २६ को जन्म दर्ता किताबको प्रमाणित प्रतिलिपी पठाईदिनु भनी सोही अदालतको आदेशाबाट स्थानीय तहबाट माग गरिएकामा त्यहाँबाट यकिन हुने कागजात नआएको भन्दै बसाइसराईको फारमसँगै पेश भएको नागरिकताको प्रतिलिपी लगायतका कागजात माग गरिएको हो ।

यसअघिको आदेशबाट प्राप्त कागजातमा तत्कालीन समयमा अनलाइनबाट फारम भर्ने गरिएकाले जन्मदर्ता किताबको अभिलेख नरहेको भनी पत्र आएको थियो । तर प्रतिवादीका तर्फबाट पेश भएको कागजातमा भने पीडितको जन्म दर्ता किताबको सम्बन्धित पृष्ठको प्रतिलिपि पेश गरेको भन्दै प्रतिवादीले उक्त जन्म दर्ता किताबको प्रतिलिपि कुन निकायबाट प्राप्त गरेको हो भन्ने सम्बन्धमा प्रतिवादीको कागज गराई प्रतिवादीले भनेको आधारमा सम्बन्धित निकायमा पत्राचार गरी जन्मदर्ता किताबको प्रमाणित प्रतिलिपि झिकाएर मिसिलमा राख्ने आदेश भएको छ ।

Leave A Reply

Your email address will not be published.