विश्व हात्ती दिवस : बर्दियामा घरपालुवा हात्तीलाई फलफूल खुवाएर मनाइयो

0

बर्दिया \  आज विश्व हात्ती दिवस, बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र हात्तीसारमा हात्तीलाई फलफूल खुवाएर मनाइएकाे छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी निकुञ्जको जैविक विविधता तथा वन्यजन्तु संरक्षण अभियनमा जुटेका चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले हात्ती दिवस मनाएका हुन् । दिवसमा हात्तीलाई फलफूल खुवाएर मनाइएकाे निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत बद्रिविनोद दाहालले जानकारी दिनुभयो ।

बर्दिया निकुञ्जमा रहेको एसियाकै सबैभन्दा ठूलो हात्ती राजगजको सम्झनामा हात्तीसारमा राजस्तम्भ (खमारी) गाडिएको छ ।

थारु समुदायको परम्परा र हिन्दू धर्म परम्परा अनुसार हात्तीको पूजा गरिन्छ । हात्ती दिवस भने हात्तीलाई फलफूल खुवाएर मनाउने गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।

क्यानडाकी प्याट्रीसिया सिम्स र थाइल्यान्डकी रानी सिराकितको पहलमा झन्डै ११ वर्षअघि १२ अगस्ट २०१२ देखि हात्ती दिवसको शुरुवात भएको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेश कुमार थापाले बताउनुभयो ।

विश्व हात्ती दिवस विशेषगरी हात्ती संरक्षणमा लागेका संसारभरिका संघसंस्था, समूह र व्यक्तिहरु एकसाथ सहभागी भइ हात्ती विरुद्धका मुद्दाहरुको बारेमा आवाज उठान गर्ने एउटा मञ्च भएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.