सभामुखसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

0

काठमाडौं \  संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक मंगलबार पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक डाकिएको छ । सभामुख घिमिरेसहित सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि मंगलबार पुनः बैठक बस्न लागेको हो ।

सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच सोमबार दुईपटक छलफल भएको थियो । सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्न सकेन ।

एमालेले सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै संसदको अवरोध गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.