एनआरएनए जर्मनीको अध्यक्षमा निनम्मा राई र महासचिवमा सिजन दाहाल, सहमतिमै बन्यो नयाँ कार्यसमिति

0

गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा निनम्मा राई निर्विरोध निर्वाचित हुनु भएकोछ । गत महिना भएको भेलाले अक्तियारी दिए अनुसार आज भएको संस्थाको नबौ महाधिवेशनले सहमतिमा एनआरएनए जर्मनीको आगामी कार्यकालका लागी नेतृत्व चयन भएको हो ।

राईको अध्यक्षतामा एनआरएनए जर्मनीको वरिष्ठ उपाध्यक्षमा लोकमणी दाहाल, उपाध्यक्षहरुमा मेनका त्रिपाठी,राजेश सुनार,दिपक देवकोटा, होम शर्मा र अर्जुन ओली, महिला उपाध्यक्षमा करुणा तुलाधर राई , युवाउपाध्यक्षमा दीपक देवकोटा, महासचिवमा सीजन दाहाल, उपमहासचिवमा रुद्र केसी, सचिवमा रामकला पन्त र बलमान ओली, कोषाध्यक्षमा रविन गौतम, सहकोषाध्यक्षमा लक्ष्मण जोसी चयन हुनुभएकोछ ।

त्यसै गरि महिला संयोजकमा मिरा अधिकारी पौडेल,खेलकुद संयोजकमा कर्म तामाङ, ईश्वर श्रेष्ठ, सदस्यहरुमा राजेशलाल श्रेष्ठ, मिना कार्की, लक्ष्मीनारायण रिजाल, खोमलाल विक, दिपु गुरुङ ,शिवकला गुरुङ, रविन लामिछाने, दीपक लामा, दीपक धिताल सहमतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । आइसिसी सदस्यमा चन्द्रकान्त आचार्य चयन् हुनुभएकोछ ।

एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दील गुरुङ संयोजक रहेको निर्वाचन समितिले एनआरएनए जर्मनीको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

Leave A Reply

Your email address will not be published.