बेल्जियममा ५ हजार युरो पुरुस्कार राशी भएको एन्तवेर्प गाइज फुटबल टुर्नामेन्ट हुने,

0

एन्तवेर्प गाइज बेल्जियमले आउदो सेप्टेम्बर १८ मा युरोप स्तरीय फूटबल प्रतियोगिता गर्ने भएकोछ । प्रत्यैक बर्ष हुने 7 A साइड फुटबल टुर्नामेन्टको तेश्रो श्रिंखला यो बर्ष पनि एन्त्वेरपेनमा हुने भएको हो ।

सन २०२१ बाट सुरु गरिएको युरोप भरिका युबा फूटबल खेलाडी सहभागि हुने ५ हजार युरो प्रथम पुरुस्कार भएको यो टुर्नामेन्ट यस बर्ष सेप्टेम्बर १८ मा आयोजना गरिएको एन्टवेर्प गाइजले बताएकोछ । द्वितीय पुरुस्कार २५ सय युरो र त्रितीय पुरुस्कार १ हजार युरो रहेको टुर्नामेन्टको गत बर्ष एफसी लुभेन ३००० A च्याम्पियन भएको थियो ।

युरोपका फूटबल खेलाडीका लागि आकर्षक मानिने यो टुर्नामेन्टमा युरोपका बिभिन्न देशका नेपाली मुलका खेलाडीहरु सहभागि हुने भएकाछन । बेस्ट प्लेयर, बेस्ट कीपर र बेस्ट टिमलाई पनि छुट्टै पुरुस्कारको ब्यबस्था रहेकोछ ।

एन्तवेरपेन बेल्जियमको रुखभेल्ड खेल मैदानमा हुने खेलका लागि आफ्नो टीम दर्ता गर्न आयोजकहरुले अनुरोध गरेकाछन । खेल अबधिमा खेलाडीहरुका लागि बिमा लगायतका सुरक्षाका सबै प्रबन्ध गरिएको पनि आयोजक संस्थाले अध्यक्ष दर्शन गुरुङले जानकारी गराउनु भएकोछ ।

एन्त्वेर्प गाइज खेल र मनोरन्जनका गतिबिधी गर्नका लागि एन्तवेरपेनमा दर्ता भएको संस्था हो ।

Leave A Reply

Your email address will not be published.